काठमाडौँ, २ साउन । पुर्व म्यानचेस्टर युनाइटेडका खेलाडी वायन रुनीले लियोनल मेस्सी विश्वकै सर्वोत्कृष्ट खेलाडी भएको बताएका छन् ।
हालै डि सी युनाइटेड क्लबबाट डेब्यु गरेका वायन रुनीले म्यानुमा सँगै खेलेका मित्र रोनाल्डोभन्दा मेस्सी उत्कृष्ट खेलाडी भएको बताएका हुन् ।
पार्डन माइ टेक पोडकास्टमा आएका उनलाई रोनाल्डो र मेस्सीमा को सर्वोत्कृष्ट खेलाडी भनेर प्रश्न गरिएको थियो । उनले तुरुन्तै जबाफ दिएका थिए, ‘मेस्सी । यसबारे मैले धेरै कारण यस पहिला नै दिइसकेको छु ।’
म्यानुमा २००४ देखि २०१७ सम्म म्यानुबाट व्यवसायिक फुटबल खेल खेलेका थिए । त्यसपछि उनको यात्रा इभर्टनमा रह्यो । एक सिजन नबित्दै उनले इभर्टन छोड्ने निर्णय गरे । हाल उनी डि सी युनाइटेड क्लबमा आवद्ध रहेका छन् ।
The post ‘मेरो नजरमा लियोनल मेस्सी विश्वकै उत्कृष्ट खेलाडी’ appeared first on Sajha Post.