Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

नेयमार र एमबाप्पेले पिएसजी नछोड्ने निर्णय गरे, अब के गर्छ रियल मड्रिड ?

$
0
0

काठमाडौँ, २ साउन । विश्वकप विजेता काइलियन एमबाप्पे र ब्राजिलियन स्टार खेलाडी नेयमार रियल मड्रिड जाने हल्ला चलिरहँदा पिएसजीका स्पोर्टिङ निर्देशक लुइज फर्डिनाण्डले उनीहरु पिएसजीमै रहन चाहेको बताएका छन् ।

उनीहरुलाई ठुलो रकमको अफर चलेको हल्ला चलेको थियो ।

रोनाल्डोले रियल छोडेपछि उनको विकल्पमा नेयमार वा एमबाप्पेलाई किन्ने रियलको तयारी रहेको समाचारहरु बाहिर आएका थिए । तर, लुइज फर्डिनाण्डले उनीहरु क्लबमा नै रहने बताएपछि रियललाई अन्य विकल्प खोज्ने बाध्यता परेको छ ।

उनले भनेका छन्, ‘क्लबले भन्दा पनि नेयमारले नै पिएसजीमा नै बस्ने निर्णय गरेका हुन् । उनको निर्णयको हामी सम्मान गर्छौ । हामीलाई लाग्छ उनी पिएसजीमा रहेर सबै उपाधिहरु जित्न चाहन्छन् ।’

त्यस्तै एमबाप्पले पनि क्लब नछोड्ने निर्णय गरेको उनले बताए । उनले भनेका छन्, ‘एमबाप्पले पिएसजीबाटै च्याम्पियन्स लिग जित्ने सपना देखिरहेका छन् । उनी शतप्रतिशत पिएसजी क्लबमा नै रहन्छन् । यसले पनि पिएसजी क्लबलाई ठुलो उत्साहा थपेको छ ।’

The post नेयमार र एमबाप्पेले पिएसजी नछोड्ने निर्णय गरे, अब के गर्छ रियल मड्रिड ? appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles