काठमाडौँ, २ साउन । इंलिस क्लब लिभरपुल यतिखेर स्टार गोलरक्षक एलिससनलाई अनुबन्ध गर्ने तरखरमा रहेको छ ।
ब्राजिलियन गोलरक्षकलाई लिभरपुलले ६२ मिलियन पाउण्ड दिएको मिडिया रिपोर्टमा उल्लेख छ । तर, केही हदसम्म लचिलो बनेको इटालियन क्लब रोमाले डिल भने फाइनल नभएको बताएको छ ।
एलिससनलाई रियल मड्रिडले पनि किन्न चाहेको बताइएको थियो । गएको सिजन रोमाबाट ३७ खेल खेलेका उनले उत्कृष्ट खेल प्रदर्शन गरेका थिए । प्रिमियर लिगका सबैभन्दा महँगा गोलरक्षक इडरसन हुन् ।
उनलाई म्यानचेस्टर सिटीले ४० मिलियन पाउण्डमा बेनेफिकाबाट किनेको थियो । गएको सिजन लिभरपुलका गोलरक्षकले खराब खेल प्रदर्शन गर्दा ठुलो हार व्यहोर्नु परेको थियो ।
यस सिजन एलिससनलाई अनुबन्ध गर्दै प्रिमियर लिग तथा अन्य कपमा सानदार खेल प्रदर्शन गर्ने तयारीमा लिभरपुल रहेको छ ।
The post ब्राजिलियन गोलरक्षक एलिससन किन्ने तयारीमा लिभरपुल appeared first on Sajha Post.