एजेन्सी, ४ साउन । भारत र इंग्ल्याण्डबीच पाँच टेस्टको सिरिज अगस्ट १ बाट हुँदैछ । दुवै टीम यसको तयारीमा लागेका छन् । भारतले इंग्ल्याण्डविरुद्ध स्पिनलाई हतियार बनाउन बताइएको छ । भारतका लागि तीन स्पिनर रविचंद्रन अश्विन, रवीन्द्र जडेजा र कुलदीप यादवले प्रदर्शन गर्नेछन् ।
उता इंग्ल्याण्डले पनि भारतविरुद्ध स्पिन बलरलाई हतियारको रुपमा प्रयोग गर्ने योजना बनाइरहेको छ । खबरका अनुसार इंग्ल्याण्डले टीममा वान-डे मा शानदार प्रदर्शन गरेका लेग स्पिनर आदिल रशीदलाई मैदानमा उतार्ने सोचिरहेको छ । यो खबर यसकारण खास छ कि रशीद टेस्ट क्रिकेटबाट पहिल्यै बिदा भइसके । अब इंग्ल्याण्डले उनको सन्यासलाई फिर्ता लिने योजना बनाइरहेको बताइएको छ ।
रशीदले वान-डेमा शानदार प्रदर्शन गरे । उनले तीन खेलमा ६ विकेट लिई टीमको जीतमा अहम भूमिका निभाए ।
उनले टेस्टमा आफ्नो प्रदर्शन सन्तोषजनक नलागेपछि एक प्रकारको दुरी बनाएका थिए ।
-एजेन्सीहरुको सहयोगमा
The post भारत भर्सेस इंग्ल्याण्ड : सन्यास लिइसकेका खेलाडीलाई मैदानमा उतार्ने दाउमा इंग्ल्याण्ड appeared first on Sajha Post.