Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

ह्यामसायर हग्ससँग आज पहिलो अभ्यास खेल्दै नेपाली क्रिकेट टोली

$
0
0


लन्डन, ५ साउन । युरोप भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज इंग्ल्यान्डको स्थानीय क्लब ह्यामसायर हग्ससँग पहिलो अभ्यास खेल खेल्नेछ ।

इंग्ल्यान्डको लर्ड्समा हुने त्रिकोणात्मक टी-ट्वान्टी सिरिज र नेदरल्याण्डसंगको एकदिवसीय क्रिकेट सिरिजको लागि युरोपमा रहेको नेपाली क्रिकेट टोलीले आज पहिलो खेल खेल्न लागेको हो ।
१५ खेलाडीसहित १९ सदस्यीय नेपाली टोली यूरोप भ्रमणका लागि बिहिबार लण्डन पुगिसकेको छ ।

साउथह्याम्पटनस्थित व्हिली टाउन रोडमा हुने ५० ओभरको खेल स्थानीय समयअनुसार अपरान्ह सुरु हुनेछ ।

नेपालले अर्को खेल जुलाई २३ मा सेन्ट क्रससँग टी-ट्वान्टी फर्म्याटमा खेल्नेछ । त्यसैगरी २५ जुलाईमा इष्ट लन्डन ११ विरुद्ध ५० ओभरको अर्को खेल नेपालले खेल्नेछ । २६ जुलाईमा इष्ट लन्डन शार्कसँग टी-ट्वान्टी खेल खेल्ने कार्यक्रम पनि तय भइसकेको छ ।

यी चारवटा अभ्यास खेल खेलेपछि नेपालले लर्ड्समा २९ जुलाईमा नेदरल्याण्ड र मेरिलिबोन क्रिकेट क्लब (एमसिसी) बीच हुने त्रिकोणात्मक टी-ट्वान्टी सिरिज खेल्ने बताइएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसीसीले अन्तर्राष्ट्रिय मान्यता दिएको यो सिरिजमा एमसिसीको कप्तानी श्रीलंकाका पूर्व क्रिकेटर महेला जयबर्धनेले गर्नेछन् । त्यस्तै, एमसिसीमा स्कटल्याण्डका डायलन बज, एलास्डर ईभान्स र मार्क वाटजस्ता प्रतिष्ठित खेलाडीहरुले पनि खेल्नेछन् ।

यसलगत्तै नेपाली टोली पहिलो एकदिवसीय क्रिकेट खेल खेल्न नेदरल्याण्ड जाने कार्यक्रम रहेको छ । नेपालको लागि ऐतिहासिक हुने उक्त एक दिवसीय क्रिकेट सिरिज एमस्ट्राडममा अगस्ट १ र ३ मा हुनेछ ।

The post ह्यामसायर हग्ससँग आज पहिलो अभ्यास खेल्दै नेपाली क्रिकेट टोली appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles