एजेन्सी, ५ साउन । ब्राजिलका १८ वर्षिय फरवार्ड भिनिसस जुनियर स्पेनिस क्लब रियल मड्रिड भित्रिएका छन् ।
ब्राजिलियन क्लब फ्लामेन्गोबाट भिनिससलाई ३५ मिलियन पाउण्डमा ६ वर्षका लागि क्लबमा भित्र्याएको हो ।
रियलले शुक्रबार भिनिसससँग सन् २०२५ सम्मको लागि सम्झौता गरेको छ । स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले रियल छाडेपछि भिनिससले मौका पाएका हुन् । भिनिससलाई पछिल्लो पुस्ताकै प्रतिभाशाली खेलाडीको रुपमा चर्चा गरिन्छ ।
यसअघि ब्राजिलियन राष्ट्रिय टिमबाट टिमबाट यु-१५, यु-१७ र यु-२० टिमबाट खेलिसकेका भिनिससले गत सिजनमा ३७ खेल खेल्दा ७ गोल गरेका थिए ।
The post १८ वर्षीय ब्राजिलियन् भिनिससलाई रियलले ३५ मिलियन पाउण्डमा भित्र्यायो appeared first on Sajha Post.