मोहाली, १२ चैत । पाकिस्तान आईसीसी ट्वेन्टी-ट्वेन्टी विश्वकप क्रिकेट प्रतियोगिताको यस संस्करणमा समूह चरणबाटै बाहिरिएको छ । सुपर टेनअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा अष्ट्रेलियासँग २१ रनले पराजित भएपछि पाकिस्तान समूह चरणमै रोकिएको हो ।
जीतसँगै अष्ट्रेलिया अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । यो समूहबाट न्युजिल्याण्ड १ खेल अगावै सेमीफाइनल पुगिसकेको छ । अब अष्ट्रेलिया र भारतबीच आइतबार हुने खेलको विजेता सेमीफाइनल पुग्नेछ । खेल हुन नसकेर अंक बाँढ्नु परेमा भने अष्ट्रेलिया अघि जानेछ ।
मोहालीमा शुक्रबार १ सय ९४ रनको लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७२ रन बनायो । पाकिस्तानलाई लक्ष्यसम्म पुग्न नदिनेक्रममा जेम्स फौंल्कनरले ५ विकेट हात पारे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले कप्तान स्टिभ स्मिथको ६१ र शेन वाट्सनको ४४ लनको सानदार पारीको मद्दतमा १ सय ९३ रनको रनको विशाल स्कोर खडा गरेको थियो । दुवैले अविजित पारी खेलेका थिए ।
The post पाकिस्तान घर फर्कियो, अष्ट्रेलिया र भारतबीचको खेल नकआउट appeared first on Sajha Post.