Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

अष्ट्रेलियासँग डराएर जालझेलपूर्ण रणनीतिमा भारत, अन्तिम समयमा यस्तो चालबाजी !

$
0
0

मोहली, १४ चैत । अष्ट्रेलियाविरुद्ध आइतबार साँझ हुने निर्णायक खेलअघि भारतले पूर्वनिर्धारित पिचमा हेरफेर गरेको छ । टी-ट्वान्टी विश्वकपको सेमीफाइनलमा पुग्नकालागि भारतले आफ्ना खेलाडीहरुलाई फेवर गर्ने पिच तयार पारेको खबर भारतीय मिडियाहरुले नै लेखेका छन् । यद्यपी अन्तिम समयमा आएर यसरी पिचमा हेरफेर गर्न पाइन्न ।

Mohali cricket stadium

यसअघि अष्ट्रेलिया र पाकिस्तानबीच खेल भएको पिचमा नै भारत र अष्ट्रिलयाबीचको खेल हुने तय भएको थियो । तर, भारतीय टिम र बीसीसीआईको प्रभावमा आईसीसीले नै पिचमा बदलाव गरेको हो । आईसीसीलाई बीसीसीआईको प्रभावमा परेर निर्णय गर्ने गरेको आरोप बारम्बार लाग्ने गरेको छ । यसपटक भारतीय मिडियाहरुले नै यस्तो खुलासा गरेपछि आरोप लगाउनेहरुलाई थप बल मिलेको छ । आईसीसीले निर्णय गरिसकेपछि जुनसुकै टिम पनि त्यसलाई मान्न बाध्य हुन्छ ।

अष्ट्रेलियन टिमको सबल पक्ष ब्याटिङ र फास्ट बलिङ भएकाले भारतले स्पिन र विशेषगरी बलरहरुलाई सहयोग मिल्ने पिच तयार पारेको हो । स्पिन डिपार्टमेन्ट अष्ट्रेलियाको कमजोर पक्ष हो । यसअघि न्युजिल्याण्डसँगको खेलअघि पनि भारतले यस्तै स्पिन फ्रेण्डली पिच तयार पारेको थियो । त्यो चालबाजी न्युजिल्याण्डले पहिले नै बुझ्यो र ३ जना स्पिनरसहित मैदन उत्रियो । जुन खेलमा भारत ७९ रनमा अलआउट भएर लज्जास्पद् हार ब्योहोरेको थियो । जसलाई भारतीय मिडियाहरुले नै आफूले थापेको पासोमा आफैँ परेको भनेर व्याख्या गरेका थिए ।

हिन्दूस्तान टाइम्सको रिपोर्टअनुसार बीसीसीआई स्रोतले पिचमा बदलाव गरेको स्विकारेको छ । तर आधिकारिकरुपमा कुनै प्रतिक्रिया दिएको छैन । खासगरी भारतका अन्य स्टेडियमको तुलनामा मोहालीको पिच फास्ट बलरलाई सहयोग गर्ने खालको हुन्छ । भारत र अष्ट्रेलियाका लागि तयार पारिएको पिच पनि बाउन्सी र तेज थियो । जहाँ अष्ट्रेलियाले फाइदा लिन सक्थ्यो । तर, अहिले भारतले जालझेलपूर्ण ढंगले त्यसलाई परिवर्तन गरिदियो ।

यसपटकको विश्वकपमा भारतले खेलेका हरेक म्याच लो स्कोरिङ हुनुकोपछाडि यस्तै पिचको भूमिका महत्वपूर्ण रहेको भारतीय पत्रिका दैनिक भाष्करमा खबर छ । यस प्रतियोगितामा भारतले खेलेको खेलमा सबैभन्दा ठूलो स्कोर भनेको १ सय ४६ हो । जबकी अन्य टिमहरुको खेलमा २ सय रनभन्दा माथिका टार्गेटहरु पनि सहजै चेज भइरहेका छन् ।
 

The post अष्ट्रेलियासँग डराएर जालझेलपूर्ण रणनीतिमा भारत, अन्तिम समयमा यस्तो चालबाजी ! appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles