काठमाडौँ, १५ साउन । गएराति भएको अन्तराष्ट्रिय क्लब मैत्रीपुर्ण खेलमा पिएसजीले एट्लेटिको मड्रिडलाई ३-२ गोलले पराजित गरेको छ ।
पिएसजीका लागि क्रिस्टोफरले खेलको ३१ औ मिनेटमा अग्रता दिलाएका थिए ।
दोस्रो हाफ थप रोमाञ्चक बन्यो । खेलको ७१ औ मिनेटमा मोउसा डिएबीले पिएसजीका लागि दोस्रो गोल गरे ।
तर, त्यसपछि खेलमा एट्लेटिको सानदार कमव्याक गरेको थियो ।
उसका लागि खेलको ७५ औ भिक्टर मोलेजोले गोल गरे । खेलको ८६ औ मिनेटमा बर्नेडेले आत्मघाती गोल गर्दा खेल बराबरीको अवस्थामा पुगेको थियो ।
खेल सकिन केही मिनेट बाँकी रहँदा पिएसजीका लागि भिर्गिलिउले गोल गर्दै कठिन जित निकाल्न सफल भए ।
The post एट्लेटिको मड्रिडविरुद्ध पिएसजीको कठिन जित appeared first on Sajha Post.