Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

लुका मोड्रिचलाई किन्न चाहने क्लबले कति रकम तिर्नुपर्ने ?

$
0
0

काठमाडौँ, १८ साउन । इटालियन क्लब इन्टर मिलानले रियल मड्रिडका स्टार खेलाडी लुका मोड्रिचलाई अनुबन्ध गर्न लबिङ गरिरहेको छ । तर, रियलले यसबारे आफ्नो प्रतिक्रिया दिएको थिएन ।

अब भने रियलका प्रमुख फ्लोरेन्टो पेरेजले कडा शब्दमा मोड्रिच किन्न चाहने क्लबलाई जबाफ दिएका छन् । उनले भनेका छन्, मोड्रिचलाई किन्न चाहने क्लबले ७५० मिलियन युरो तिर्नुपर्नेछ ।

रसियामा सम्पन्न विश्वकपमा मोड्रिचले सानदार खेल प्रदर्शन गर्दै क्रोएसियालाई फाइनलसम्मको यात्रा तय गराउन सफल भएका थिए । फाइनलमा फ्रान्ससँग क्रोएसिया ४-२ गोलले पराजित भएको थियो ।

विश्वकपपछि उनलाई अनुबन्ध गर्न धेरै प्रतिष्ठित क्लबहरु लागि परेका छन् । मोड्रिचको वाइआउट क्लज ७५० मिलियन युरो रहेको छ । उनको रियलसँग सन् २०२० सँग सम्झौता रहेको छ ।

The post लुका मोड्रिचलाई किन्न चाहने क्लबले कति रकम तिर्नुपर्ने ? appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles