Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

एकै ओभरमा सन्दीपले लिए दुई विकेट

$
0
0


काठमाडाैं, १८ साउन । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज अन्तर्गतको दोस्रो खेलमा सन्दीप लामिछानेले एकै ओभरमा नेदरल्याण्डको दुई विकेट झारेका छन् । विकेटको खोजीमा रहेको नेपालको लागि राहत दिलाउँदै उनले खेललाई नेपालको पक्षमा फर्काएका छन् ।

सन्दीपले ७ ओभर खेल्दा २ विकेट झार्दै २४ रन दिएका छन् ।

नेपालले दिएको २१७ रनको लक्ष्य पछ्याइरहेको नेदरल्याण्डले ३० ओभर खेल्दा ४ विकेट खर्चिएर १२० रन जोडेको छ ।

नेदरल्याण्डको भिआरए मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ् राेजेकाे नेपालले ४८.५ ओभरमा अलआउट भएर २१६ रन जोडेको हो । नेपालका लागि सोमपाल कामीले ४६ बल खर्चिएर ३ छक्का र ५ चौकासहित ६१ रन जोडेर नेपालको खेललाई लयमा फर्काए । उनले ३८ बलमा नै अर्धशतक बनाएका थिए ।

The post एकै ओभरमा सन्दीपले लिए दुई विकेट appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Latest Images

Trending Articles



Latest Images