काठमाडौं, २६ साउन । अर्जेन्टिाइन स्टार लियोनल मेसीले स्पेनिस क्लब बार्सिलोनाको कप्तानको जिम्मेवारी सम्हालेका छन् ।
यसअघि कप्तान सम्हालिरहेका आन्द्रेस इनिएष्टाले बार्सिलोना छाडेपछि मेसीलाई उक्त जिम्मेवारी दिइएको बार्सिलोनाले शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमार्फत स्पष्ट पारेको छ । बार्सिलोनाले सर्जियो बुश्केटलाई उपकप्तान, जेर्राड पिकेलाई तेस्रो र सेर्गी रोबर्टोलाई चौथो कप्तान बनाएको खबर सार्वजनिक गरेको छ ।
इनिएष्टाले बार्सिलोनामा करिब २२ बर्ष बिताएर बिदा भएका छन् । उनी यसै सिजन जापानिज क्लब भिसेल कोवी गएका हुन् ।
बार्सिलोनाका ३१ वर्षीय फरवार्ड मेसीले नेतृत्वमा कस्तो नतिजा निस्कने हो ? खुलदुली बढेको छ । अर्जेन्टिनाको कप्तानको रुपमा उत्कृष्ट नतिजा निकाल्न नसक्दा उनको आलोचना हुने गरेको छ ।
कीर्तिमानी गोलकर्ताको पहिचान बनाएका मेसीले सन् २००१ मा क्लबको एकेडमीबाट फुटबल सुरू गरेका हुन् । बार्सिलोनाबाट क्लब फुटबलका सबै उपाधि जितिसकेका उनका लागि कप्तानको रुपमा टिमलाई सफल बनाउने चुनौती थपिएको छ ।
The post इनिएष्टाले क्लब छाडेपछि मेसी बने बार्सिलोनाको कप्तान appeared first on Sajha Post.