Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

प्रिमियर लिगः घरेलु मैदानमा म्यानचेस्टरको विजयी सुरुवात

$
0
0


काठमाडौँ, २६ साउन । नयाँ सिजनको इङ्लिस प्रिमियर लिगको पहिलो खेलमा म्यानचेस्टर युनाइटेडले विजयी सुरुवात गरेको छ । शुक्रबार मध्यराति घरेलु मैदान वल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडले लेस्टर सिटीलाई २–१ ले हराएको हो ।

युनाइटेडको जितमा पल पोग्बा र लुक सले निर्णायक भूमिका खेले । पोग्बाले खेलेका तेस्रो मिनेटमै पेनाल्टीमार्फत् गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए । उनको गोलसँगै पहिलो हाफमा युनाइटेडले १–० को अग्रता बनायो ।

युनाइटेडका लागि दोस्रो हाफमा लुक स ले खेलको ८३ औँ मिनेटमा हुवाँ माटाको पासमा गोल गर्दै अग्रता २–० मा पुर्‍याए ।

युनाइटेडविरुद्धको खेलमा लेस्टरलाई यसै सिजन म्यानचेस्टर सिटी गएका रियाद महरेजको आवश्यकता खड्कियो । लेस्टरले खेलमा फर्किने कोशिश आंशिक रुपमा पूरा भयो । खेलको अतिरिक्त समयको दोस्रो दोस्रो मिनेटमा जेमी भर्डीले हेडमार्फत् सान्त्वना गोल फर्काए पनि पराजय रोक्न सकेनन् ।

The post प्रिमियर लिगः घरेलु मैदानमा म्यानचेस्टरको विजयी सुरुवात appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles