काठमाडौँ, २७ साउन । प्रिमियर लिगमा आज तीन रोमाञ्चक खेलहरु हुँदैछन् । पहिलो खेलमा लिभरपुलले वेस्ह्याम युनाइटेडसँग आमनेसामने गर्दैछ । गएको सिजन चौथो स्थानमा चित्त बुझाएको लिभरपुल यस सिजन प्रिमियर लिग उपाधि जित्ने दाउमा रहेकोछ ।
दोस्रो खेलमा साउथह्यामटनले बन्र्लीसँग खेल खेल्नेछ । गएको सिजन रेलिगेशनमा पर्नबाट जोगिएको साउथह्यामटनले यस सिजन बलियो खेल प्रदर्शन गर्ने अपेक्षा लिइएको छ ।
त्यस्तै आज हुने विशेष खेल म्यानचेस्टर सिटी र आर्सनल हो । गएको सिजन प्रिमियर लिगको उपाधि जितेको म्यान सिटीले यस सिजन पनि उपाधि जित्ने दाउमा रहेको छ ।
पहिलो खेलमा नै आर्सनल जस्तो बलियो प्रतिस्पर्धी परेको सिटीले यस सिजन आफ्नो अपराजित यात्राको रेकर्ड बनाउने दाउमा रहेको छ । गएको सिजन २२ खेलमा अपराजित रहेको थियो ।
आर्सनल यस सिजन शिर्ष चारमा पर्ने रणनीतिमा रहेको छ ।
The post प्रिमियर लिगमा आज हुने विशेष तीन खेल appeared first on Sajha Post.