Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

सानदार कमव्याक गर्दै बार्सिलोनाले जित्यो स्पेनिस सुपर कपको उपाधि

$
0
0

काठमाडौँ, २८ साउन । आइतबार राति भएको स्पेनिस सुपर कपमा बार्सिलोनाले सेभियालाई पराजित गर्दै १३औं पटक उपाधि जितेको छ । बार्सिलोनाले सेभिल्लालाई २–१ ले हराउँदै उपाधि जितेको हो ।

बार्सिलोनाका लागि जेरार्ड पिके र उसामान डेम्बेलेले गोल गरेका थिए । खेलमा अग्रता सेभियाले लिएको थियो । उसका लागि खेलको ९ औ मिनेटमा पाब्लो साराबियाले गोल गरेका थिए ।

खेलको अन्तिम मिनेटमा पेनाल्टी पाए पनि बार्सिलोनाका गोलरक्षकले त्यसलाई रोकेपछि उसले खेल बराबरी गर्ने मौका पनि गुमाएको थियो ।

यससँगै सुपर कपको उपाधि हालसम्म सर्वाधिक धेरै बार्सिलोनाले १३ पटक जितेको छ । त्यसपछि रियल मड्रिडले १० पटक यो उपाधि जितेको छ । गत वर्ष यो उपाधि रियल मड्रिडले जितेको थियो । सुपर कप ला लिगा विजेता र कोपा डेल रे विजेताले खेल्ने प्रतियोगिता हो ।

The post सानदार कमव्याक गर्दै बार्सिलोनाले जित्यो स्पेनिस सुपर कपको उपाधि appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles