काठमाडौँ, २८ साउन । विश्वका उत्कृष्ट फुटबल खेलाडी लियोनल मेस्सीको कप्तानीमा बार्सिलोनाले यस सिजनको पहिलो उपाधि जितेको छ ।
आइतबार राति सम्पन्न स्पेनिस सुपरकपको उपाधि भिडन्तमा बार्सिलोनाले सेभियालाई २–१ गोलले हराएसँगै उपाधि पक्का गरेको हो ।
उनै मेस्सी पहिलो पटक कप्तानको भूमिकामा मैदानमा देखा परेका थिए ।
मेस्सीले हालसम्म ६३८ खेल खेलेका छन् । उनले खेलेका खेलमा ५५२ गोल २३९ एस्सिट प्रदान गरेका छन् । भने ३३ वटा उपाधिमा उनको पनि योगदान रहेको छ । यो जितसँगै उनले बार्सिलोनामा नयाँ रेकर्ड बनाएका छन् । बार्सिलोनामा रहेर ३३ वटा उपाधि जित्ने उनी पहिलो खेलाडी बनेका छन् ।
The post लियोनल मेस्सीले बनाए नयाँ उपाधि रेकर्ड appeared first on Sajha Post.