Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

क्यान विवाद समाधान गर्न मोनिटरिङ कमिटिको बैठक आज

$
0
0


काठमाडौं, २८ साउन । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले गठन गरेको मोनिटरिङ कमिटिको बैठक आज बस्दैछ ।
क्रिकेट विवाद समाधानका लागि आवश्यक प्रक्रिया अघि बढाउन आईसीसीले आफु सम्मिलित पाँच सदस्यीय मोनिटरिङ कमिटि गठन गरेको थियो । काठमाडौंमा आज दिउँसो २ बजे बस्ने बैठकले क्रिकेट विवाद समाधानको आवश्यक उपायको खोजी गर्नेछ ।

यसअघि आईसीसीले गठन गरेको सल्लाहकार समितिले नेपाल क्रिकेट संघ क्यानको नयाँ विधान तयार गरेको थियो । सोही विधान अनुसार संक्रमणकालीन क्रिकेटको समाधान गर्न मोनिटरिङ कमिटिको परिकल्पना गरिएको थियो ।

मोनिटरिङ कमिटिले सल्लाहकार कमिटि र आईसीसीबीच भएको सहमति र परिमार्जित विधानमा आधारित रहेर क्रिकेट विवाद समाधानको काम अघि बढाउनेछ । दुई दिनसम्म चल्ने बैठकमा नेपाली क्रिकेटमा बाँकी रहेका विवादका बिषयमा छलफल केन्द्रित हुनेछ ।

The post क्यान विवाद समाधान गर्न मोनिटरिङ कमिटिको बैठक आज appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles