एजेन्सी, २८ साउन । युभेन्टसमा डेब्यू खेलको १० मिनेट भित्रै पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोले गोल गरेका छन् ।
क्लबको प्रिमाभेरा टोलीविरुद्धको मैत्रिपूर्ण खेलमा रोनाल्डोले आठ मिनेटमा नै युभेन्टसको सिनियर टोलीलाई अग्रता दिलाउन सफल भएका हुन् । दोस्रो गोलका लागि पनि रोनाल्डोले निर्णायक भूमिका खेले । उनकै दबावमा रोकार्डो कापालेनीले आत्मघाती गोल गरेका हुन् ।
युभेन्टसका लागि त्यसपछि पाउलो डिबलाले दुई गोल थपे भने दोस्रो हाफमा क्लाउडियो मार्चिसियोले युभेन्टसका लागि एक गोल थप्दै ५-० को फराकिलो अग्रता दिलाए ।
खेलको ७० औं मिनेटपछि प्रशंसकहरु मैदान छिरसँगै खेल रद्द गरिएको थियो । खेलको हाफ टाइममा रोनाल्डोलाई सब्सटिच्यूड गरिए पछि पनि टिमले उत्कृष्ट प्रदर्शन गर्यो ।
विश्वकपपछि लामो समय बिदामा बसेका उनी यही सिजनमा रियल म्याड्रिडबाट युभेन्टस भित्रिएका थिए ।
The post डेब्यु खेलको ८ मिनेटमै रोनाल्डोको गोल, खेल अवरुद्ध appeared first on Sajha Post.