काठमाडौँ, ३० साउन । पुर्व आर्सनल खेलाडी टोनी एड्यामले आर्सनलका प्रशिक्षक युनाइ इमरीको आलोचना गरेका छन् ।
आर्सने विइगरले आर्सनलको जिम्मेवारी छोडेपछि इमरीलाई प्रशिक्षकका रुपमा आर्सनलले नियुक्त गरेको थियो ।
उनी आएपछि आर्सनलले प्रिमियर लिगमा सानदार खेल प्रदर्शन गर्ने अपेक्षा लिइएको थियो । तर, टोनी एड्यामका अनुसार इमरीले आर्सनल आएपछि कुनै पनि पक्षमा प्रगति गरेका छैनन् । उनले भनेका छन्,‘इमरीले ६ हप्तासम्म के गरेर बसे ।’
प्रिमियर लिगको पहिलो खेलमा म्यानचेस्टर सिटीसँग २–० गोलले पराजित भएपछि उनले यस्तो आलोचना गरेका हुन् ।
उनले भनेका छन्,‘आर्सनल अट्याकिङ खेल खेल्ने टोली हो । इमरीले गलत खेलाडीको छनोटका कारण पराजित हुनु पर्यो ।’
पछिल्लो दुई सिजन आर्सनलले शिर्ष चारमा स्थान बनाउन सकिरहेको छैन । यसैलाई मध्यनजर गर्दै आर्सनलले ठुलो लागनी गर्ने तयारीका साथ इमरीलाई क्लबमा अनुबन्ध गरेको थियो । तर, पहिलो खेलमा गोल गर्न असफल भएपछि एड्यामले इमरीको आलोचना गरेका हुन् ।
The post ‘मलाई थाहा छैन इमरीले ६ हप्ता के गरेर बसे’ appeared first on Sajha Post.