Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

रियल मड्रिडबारे रोचक कुराहरु

$
0
0

काठमाडौं, ३० साउन ।  स्पेनिस फुटबल इतिहासमा रियल मड्रिडमात्र लगायत दुई यस्ता क्बलहरु रहेका छन् जुन हालसम्म रेलिगेशनमा परेका छैनन् । अन्य दुई क्लब बार्सिलोना र एथ्लेटिको बिलबाओ रहेका छन् ।

स्पेनिस लिगमा बार्सिलोना रियल मड्रिडको बलियो प्रतिद्वन्दी क्लब रहेको छ ।

रियल मड्रिड क्लबको स्थापना रोयल स्पेनिस फुटबल फेडेरेशनले गरेको हो । यो क्लब अस्तित्वमा सन् १९०९ को जनवरी ४ मा आएको थियो ।
यो क्लबको नाम ‘रियल मड्रिड’ स्पेनिस अर्थ ‘रोयल मड्रिड’ बाट आएको हो । यो क्लबको सबैभन्दा धेरै दर्शकहरु सन् २००६ मा भएको कोपा डेल रे खेलमा रहेको थियो । उक्त खेल हेर्न ८३ हजार ३२९ जना मानिसहरु आएका थिए ।

स्पेनिस लिगमा रियल मड्रिडमात्र यस्तो क्लब हो जसले लगातार पाँचपटक लिग उपाधि जित्न सफल भएको छ । यस क्लबले दुईवटा समयमा यस्तो रेकर्ड राख्न सफल भएको छ । पहिलो पटक लगातार सन् १९६१ देखि १९६५ सम्म लिग उपाधि जितेको थियो भने दोस्रो पटक १९८६ देखि १९९० मा लिग उपाधि जित्न सफल भएको थियो ।

रियल मड्रिड क्लबले धेरै पटक लिग उपाधि, च्याम्पियन्स लिग, कोपा डेल रे जितेको छ । तर एकैपटक तीन उपाधि भने जित्न सकेको छैन ।
हामीलाई थाहा छ रियल मड्रिड क्लब विश्वकै एक बलियो क्लब हो । तर, धेरैलाई थाहा नहुन सक्छ रियल मड्रिडले सन् १९६१ देखि १९८० को समयको अवधिमा २० वटा लालिगा टाइटलमा १४ वटा उपाधि जितेको थियो । त्यस्तै सन् १९६१ देखि सन् १९९० सम्ममा ३० लिग टाइटलमा १९ लालागिका उपाधि जित्न सफल भएको थियो ।

सायद धेरैलाई थाहा नहुनसक्छ रियल मड्रिड क्लबलाई फिफाले ‘२० औ शताब्दीको सबैभन्दा सफल क्लब’ भन्दै भोटिङ गरेको थियो ।

The post रियल मड्रिडबारे रोचक कुराहरु appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles