Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

रामोसले दिए क्लपलाई कडा शब्दमा प्रतिक्रिया

$
0
0

काठमाडौँ, ३० साउन । रियल मड्रिडका स्टार खेलाडी सर्जियो रामोसले लिभरपुलका प्रशिक्षक उर्गेन क्लपलाई कडा शब्दमा व्यंग गरेका छन् ।

केही हप्ता अगाडि क्लपले गएको सिजनको च्याम्पियन्स लिगमा भएको घटनालाई लिएर रामोसलाई ‘रेस्लर’ को संज्ञा दिएका थिए ।

च्याम्पियन्स लिगमा भएको फाइनल खेलमा रामोसले मोहमम्द सलाहलाई घाइते बनाएको भन्दै क्लपले रामोसको आलोचना गरेका थिए । तर, उक्त कुरा नकार्दै रामोसले क्लपलाई कडा शब्दमा प्रतिक्रिया दिएका छन् । उनले भनेका छन्,‘त्यही कुरालाई लिएर उनी अझै अल्झिरहेका छन् भने मलाई भन्नु केही छैन । सबैको आफ्नो आफ्नो विचार हुन्छ म त्यसलाई सम्मान गर्छु ।’

उनले थप्दै भनेका छन्,‘पहिला सलाहले मेरो पाखुरा समातेको हो । यही कारणलाई लिएर उनलाई हारे जस्तो लाग्छ भने उनले फाइनल हारेको यो पहिलोपटक भने होइन ।’

The post रामोसले दिए क्लपलाई कडा शब्दमा प्रतिक्रिया appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Latest Images

Trending Articles



Latest Images