Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

नेपाल, भारत, बंगलादेश र पाकिस्तानका पहलवान रुपन्देहीमा भिड्ने

$
0
0

fightलुम्बिनी, ९ मंसिर । रुपन्देहीको छोटकी रामनगर गाविसस्थित मझौली चौराहामा हुन लागेको कुस्ती प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका २२६ जना पहलवान भिड्ने भएका छन् ।

यही मंसिर २६ देखि २९ सम्म हुने उक्त प्रतियोगितामा नेपाल, भारत, बङ्गलादेश र पाकिस्तानका गरी २२६ जना पहलवानको सहभागिता रहने बिहीबार लुम्बिनीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

गत वर्षदेखि सुरु गरिएको उक्त प्रतियोगितामा अन्तर्राष्ट्रिय स्तरमै नाम कमाएका पहलवान बाबा केशवदास (नागा बाबा), शङ्कर थापा, राजेन्द्र यादवलगायतका चर्चित पहलवानको सहभागिता रहने बजरङ्ग दलका अध्यक्ष जयप्रकाश धवलले बताए।

त्यस्तै भारतका उमाशङ्कर यादव, भुरा सिंह र पथ्थर सिंह पहलवानको समेत प्रतियोगितामा सहभागिता रहने अध्यक्ष धवलले बताए ।

उनका अनुसार, कुस्ती प्रतियोगितासंगै यस पटक भोजपुरी बिरह कार्यक्रम पनि आयोजना गरिने छ । उक्त कार्यक्रममा भोजपुरी गायक बिएम सहानी, हरिकेश यादव र सुनिता यादवलगायतका कलाकारको प्रस्तुति रहने छन् ।

प्रतियोगितामा सर्वोत्कृष्ट हुनेलाई पल्सर १५० सिसीको मोटरसाइकल, प्रथमलाई  ५० हजार १००, द्वितीयलाई एलसिडी टिभी र तृतीयलाई साइकल तथा  पाँच हजार नगद पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताका लागि करिब  १२ लाख खर्च हुने अनुमान गरिएको छ । प्रतियोगितामा लाग्ने सम्पूर्ण खर्च स्थानीयको पहलमा उठाइएको पनि अध्यक्ष धवलले बताए । रासस

The post नेपाल, भारत, बंगलादेश र पाकिस्तानका पहलवान रुपन्देहीमा भिड्ने appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles