काठमाडौँ, ३ भदौ । शनिबारदेखि सुरु भएको सेरिया ‘ए’ मा युभेन्ट्सले सानदार कमव्याक गर्दै चिइभो भेरोनालाई ३-२ गोलले पराजित गरेको छ ।
खेलमा अग्रता सामि खेद्रियाको गोलमार्फत युभेन्ट्सले बनाएको थियो । तर, त्यसपछि खेलमा भेरोनाले सानदार खेल प्रदर्शन गरेको थियो । भेरोनाका लागि मारिउसले खेलको ३८ औ मिनेटमा बराबरी गोल फर्काएका थिए ।
खेलको ५६ औ मिनेटमा जियाचेरिनीले भेरोनालाई अग्रता दिलाए ।
यसै सिजन युभेन्ट्स आएका क्रिस्टियानो रोनाल्डोले भने कुनै जादु गर्न सकेनन् । खेलको ७५ औ मिनेटमा माटिया बानीले आत्मघाती गोल गर्दा खेल बराबरीको स्थितिमा आएको थियो ।
खेल सकिन केही मिनेटमात्र बाँकी रहेका फेडरिकोले युभेन्ट्कालागि गोल गर्दै जित सुनिश्चित गरे । यो जितसँगै युभेन्ट्सले महत्वपुर्ण तीन अंक जोडेको छ ।
The post युभेन्ट्सको कठिन जित, रोनाल्डोले गोल गर्न सकेनन् appeared first on Sajha Post.