काठमाडौं, ११ मंसिर । एसिया कप महिला क्रिकेट प्रतियोगितामा नेपालले खराब सुरुवात गरेको छ । बैंककमा जारी प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल बलियो टोली पाकिस्तानसँग ९ विकेटको फराकिलो अन्तरले पराजित भयो ।
नेपालले पेश गरेको ४८ रनको झिनो लक्ष्य पाकिस्तानले १० ओभरमा नै १ विकेट गुमाएर पूरा गर्यो । सो एक विकेट रन आउटमार्फत प्राप्त भएको थियो ।
यसअघि नेपाल १८ ओभर १ बलमा अलआउट भएको नेपालले मात्र ४७ रन जोडेको थियो । नेपालका लागि रुविना क्षेत्रीले ११ रन जोड्नुबाहेक अन्य कुनै पनि ब्याट्स वुमनले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
The post एसिया कप महिला क्रिकेट प्रतियोगितामा नेपालको खराब सुरुवात appeared first on Sajha Post.