Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

रोनाल्डोबिनाको रियल मड्रिड कमजोर: मेस्सी

$
0
0

काठमाडौँ, १९ भदौ ।  बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सीले रोनाल्डोबिनाको रियल मड्रिड कमजोर भएको बताएका छन् । रोनाल्डोको आगमनसँगै युभेन्ट्स च्याम्पियन्स लिगका लागि बलियो प्रतिस्पर्धी भएको उनले बताए ।

क्रिस्टियानो रोनाल्डो ११२ मिलियन युरोमा युभेन्ट्समा आवद्ध भएका थिए । मेस्सी भन्छन्, ‘रोनाल्डो नहुँदाको अनुभव रियलले गरिसकेको छ । रियल रोनाल्डोबिना कमजोर महसुस गरिरहेको छ । अब युभेन्ट्सले खुलेरै च्याम्पियन्स लिगमा कडा टक्कर दिनसक्छ ।’

उनले रोनाल्डोको युभेन्ट्स जाने निर्णयले आफु अचम्मितमा परेको समेत बताएका छन् ।

बार्सिलोनाले यस सिजन च्याम्पियन्स लिग जित्नसक्ने बताएका छन् । उनले भनेका छन्, ‘बार्सिलोनासँग अहिलेसम्मकै बलियो टोली रहेको छ । यो टोली फर्ममा रहेर खेल्न सके जस्तोसुकै उपाधि जित्नसक्छ ।’

युभेन्ट्सले राम्रो खेलको सुरुवात गरेतापनि रोनाल्डोले हालसम्म एक गोल पनि गर्न सकेका छैनन् ।

The post रोनाल्डोबिनाको रियल मड्रिड कमजोर: मेस्सी appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles