काठमाडौं, १९ भदौ । साफ च्याम्पियनसिपको आज भएको खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ ।
बंगलादेशमा आजबाट सुरु भएको प्रतियोगिताको पहिलो खेलमै नेपालले हार व्यहोर्नु परेको हो ।
खेलको ३७औं मिनेटमा पाकिस्तानका मोहमद रिजाले पहिलो गोल गरेका थिए । खेलको ८३औं मिनेटमा नेपालका तर्फबाट बिमल घर्तीले गोल फर्काएका थिए । तर खेल सकिन केही सेकेन्ड मात्र बाँकी रहँदा पाकिस्तानका मोहम्मद अलि दाबोसले अर्काे गोल गरेपछि नेपालले हार व्यहोर्नु परेको हो ।
जितसँगै समूह ए मा पाकिस्तानले तीन अंक जोडेको छ। नेपालले बिहीबार भुटान र शनिबार बंगलादेशको सामना गर्नेछ।
The post साफ च्याम्पियनसिपः पाकिस्तानसँग नेपाल पराजित appeared first on Sajha Post.