काठमाडौँ, २२ भदौ । गएराति भएको युइएफए नेशन लिगमा फ्रान्स र जर्मनीले गोलरहित बराबरी खेल खेलेका छन् । सन् २०१८ को विश्वकप विजेता रहेको फ्रान्सले केही सानदार अवसरहरु सिर्जना गरेता पनि गोल भने गर्न सकेन ।
दोस्रो हाफमा जर्मनीले सन्तुलित खेल खेलेको थियो तर, गोल गर्न भने चुक्यो । विश्वकपमा सानदार खेल प्रदर्शन गरेको फ्रान्सले सहज जित हात पार्ने आशमा आफु रहेको तर जर्मनीले राम्रो खेल खेलेको प्रशिक्षक डिडियर डिसच्याम्पले बताए ।
सन् २०१८ को विश्वकपमा समुह चरणबाटै बाहिरिएको जर्मनी विस्तारै लयमा फर्किन थालेको जर्मनीका प्रशिक्षक जोयचिम लोले बतााएका छन् ।
The post फ्रान्स र जर्मनीले गोलरहित बराबरी खेले appeared first on Sajha Post.