Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

स्पेनका प्रशिक्षक र बार्सिलोना स्टार जोर्डी अल्भाको बिग्रिएको सम्बन्ध

$
0
0

काठमाडौँ, २२ भदौ । पुर्व बार्सिलोना तथा स्पेनका प्रशिक्षक लुइज इन्रिक्यु र स्टार खेलाडी जोर्डी अल्भाको सम्बन्धले यतिखेर चर्चा पाइराखेको छ ।

राष्ट्रिय टिमको प्रशिक्षक भएपछि इन्रिक्युले जोर्डी अल्भालाई आफ्नो टोलीमा छनोट गर्न चाहेनन् ।

यसैलाई आधार मानेर बार्सिलोना प्रशिक्षक भाल्भर्डरले उच्च फर्ममा रहेको जोर्डी अल्भा स्पेनको टोलीमा नपर्नुले आफुलाई आश्चर्यमा पारेको बताएका छन् ।

हुएस्काविरुद्ध एक गोल तथा दुई एसिस्ट गरेका उनी आफै पनि प्रशिक्षक इन्रिक्युको निर्णयले आफु दुः खी रहेको बताएका छन् । उनले भनेका छन्, ‘मैले उनको निर्णयबारे केही बोलेको छैन । उनी प्रशिक्षक हुन् । उनलाई राम्रोसँग थाहा छ कुन खेलाडी फर्ममा छ र को छैन ।’

मिडिया रिपोर्टका अनुसार जोर्डी अल्भान्दा मार्कोस एलोन्सो उनको पहिलो रोजाइको खेलाडी बन्न सफल भएका छन् ।

The post स्पेनका प्रशिक्षक र बार्सिलोना स्टार जोर्डी अल्भाको बिग्रिएको सम्बन्ध appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles