Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

ब्राजिलको स्थायी कप्तानी घोषित भए नेयमार

$
0
0


रियो (एजेन्सी), २३ भदौ । रुस विश्वकपमा दर्शक चिढाउने अभियनका कारण चर्चामा रहेका पेरिस सेन्ट जर्मेनका स्टार फरवार्ड नेयमारको काँधमा नयाँ जिम्मेवारी आएको छ । उनी ब्राजिलियन राष्ट्रिय फुटबल टोलीका स्थायी कप्तान घोषित भएका छन् ।

प्रशिक्षक टिटेले बिहीबार औपचारिक घोषणा गर्दै नेयमारलाई कप्तानको जिम्मेवारी सुम्पिए । सिनियर खेलाडीलाई पालैपालो कप्तान बनाउने रणनीतिमा परिवर्तन गर्दै टिटोले यस्तो निर्णय गरेका हुन् । विश्वकपदौरान ब्राजिलका लागि थियागो सिल्भा, मिरान्डा र मार्सेलोले पनि कप्तानको भूमिका निर्वाह गर्ने अवसर पाएका थिए ।

प्रशिक्षण टिटेको निर्णयसँगै शुक्रबार संयुक्त राज्य अमेरिकाविरुद्ध हुने खेल भने २६ वर्षीय नेयमार कप्तानीमा हुने पक्का भएको छ ।

नयाँ जिम्मेवारी पछि नेयमारले भने, ‘मैले प्रशिक्षकले कप्तान बन्न गरेको प्रस्तावलाई सहर्ष स्वीकार गरें । कप्तान बनेपछि मैले धेरै कुरा सिक्ने मौका पाएँ र अझै सिक्ने विश्वास लिएको छु ।’ उनले जिम्मेवारी थपिँदा आफ्नो खेलमा पनि सुधार आउने अपेक्षा गरेका छन् ।

नेयमार अगाडि थप्छन्, ‘टोलीमा मेरो भूमिका अझै धेरै भएको महसुस भएको छ । जे-जस्तो भएपनि राम्रो फुटबल खेल्नु हाम्रो पहिलो प्राथमिकता हुनेछ ।’

कप्तानी सम्हालेपछि विश्वकप खेलको समीक्षा गर्दै उनले ब्राजिलले सोचेभन्दा धेरै अगाडि विश्वकपबाट बाहिरिनुपरेकोमा समर्थकसँग माफी मागे । उनी भन्छन्, ‘म समर्थकहरुसँग माफी माग्न चाहन्छु । हामीलाई विश्वास थियो कि हामीले नै उपाधि जित्छौं, तर त्यसमा हामी सफल हुन सकेनौं ।’

ब्राजिलले शुक्रबार हुने खेलमा संयुक्त राज्य अमेरिकासँग र एल साल्भाडोरसँग भिड्ने छ ।

The post ब्राजिलको स्थायी कप्तानी घोषित भए नेयमार appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles