Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

साफ च्याम्पियनसिपः सेमिफाइनलमा नेपालले माल्दिभ्ससँग खेल्ने

$
0
0


काठमाडौं, २५ भदौ । बंगलादेशमा जारी साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले माल्दिभ्ससँग प्रतिस्पर्धा गर्ने भएको छ । बुधबार हुने सेमिफाइनल खेलमा नेपालले माल्दिभ्ससँगको आफ्नो खेल सुनिश्चित गरेको हो ।

आइतबार भएको खेलमा भारतसँग पराजीत भएपनि गोलाप्रथाबाट माल्दिभ्सले सेमिफाइनलमा स्थान बनाउन सफल भएको हो । भारत र माल्दिभसबीचको हिजोको खेलमा भारतले माल्दिभ्सलाई २–० ले पराजित गर्दै समूह विजेता बन्यो ।

समूह ए बाट नेपाल समूह विजेता र पाकिस्तान समूह उपविजेता तथा समूह बी बाट भारत समूह विजेता र माल्दिभ्स समूह उपविजेता हुँदै अन्तिम चारमा पुगेको हो । भारतले यसअघि नै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।

भारतले माल्दिभ्सलाई पराजित गरेपछि समान अंक भएको माल्दिभ्स र श्रीलंकाको गोलप्रथाद्वारा नाम टुंगो लगाइएको हो । खेल जित्न नसकेपनि माल्दिभ्सले श्रीलंका विरुद्ध टस जित्दै साफमा १० औँ पटक सेमिफाइनलमा स्थान बनाएको छ ।

The post साफ च्याम्पियनसिपः सेमिफाइनलमा नेपालले माल्दिभ्ससँग खेल्ने appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles