Image may be NSFW.
Clik here to view.
काठमाडौँ, २६ भदौ । स्टार क्रिकेट खेलाडी सन्दिप लामिछाने अब अफगानिस्तान प्रिमियर लिग खेल्ने भएका छन् ।
उनलाई नान्गहर क्लबले अंक्सनमार्फत लिएको हो । नेपालका कप्तान पारश खड्का र सोमपाल कामी भने अक्सनमा लिलामी हुन सकेनन् ।
इन्डियन प्रिमियर लिगमा आफ्नो सानदार खेल प्रदर्शन गरेपछि उनको चौतर्फी डिमाण्ड बढेको हो । सन्दिप क्यारेबियन लिगमा समेत छाएका थिए ।
अब उनको गन्तव्य अफगानि प्रिमियर लिग बनेको छ ।
अक्सनको क्याटागोरी आइकन, डाइमन्ड, गोल्ड, सिल्भर, आइसिसी एसोसिएट र इमर्जिङ गरी ६ श्रेणी निर्धारण गरिएको थियो ।
The post सन्दिप लामिछाने अफगानिस्तान प्रिमियर लिगमा खेल्ने appeared first on Sajha Post.