काठमाडौँ, २७ भदौ । विश्वकपको उपविजेता क्रोयसियाले युइएफए नेशन लिगमा स्पेनसँग लजास्पद हार व्यहोरेको छ । गएराति भएको खेलमा स्पेनले क्रोयसियाविरुद्ध ६ गोल गरेको थियो ।
उसका लागि खेलको २४ औ मिनेटमा साउल निगुइजले पहिलो गोल गरे । खेलको ३३ औ मिनेटमा मार्को एसिनसियाले दोस्रो गोल गरे । खेलको ३५ औ मिनेटमा क्रोयसियाका कालिनिकले आत्मघाती गोल गरे ।
सानदार खेल प्रदर्शन गरेको स्पेनले पहिलो हाफमा नै तीन गोलको अग्रता बनाएको थियो ।
दोस्रो हाफमा पनि क्रोयसिया कमजोर नै देखियो । स्पेनका लागि रोद्रिगोले खेलको ४९ औ मिनेटमा चौथो गोल गरे । खेलको ५७ औ मिनेटमा सर्जियो रामोसले गोल गरे ।
खेलको ७० औ मिनेटमा इस्कोले गोल गर्दा क्रोयसियाका खेलाडी निरिह खेल खेलिरहेको महसुस गरिरहेका थिए । विश्वकपमा झुर खेल खेलेको स्पेनले प्रशिक्षक इन्रेके आएपछि भने सानदार खेल प्रदर्शन गर्दै आइरहेको छ ।
The post क्रोयसियाविरुद्ध स्पेनले गोलको वर्षात् गरेपछि… appeared first on Sajha Post.