Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

भारतमा नेपाली यु–१९ ले पहिलो खेल खेल्दै

$
0
0

काठमाडौँ, २७ भदौ । एक दिवसीय सिरिज खेल्न भारत पुगेको नेपाली यु–१९ क्रिकेट टोलीले बुधबार पहिलो खेल भारतको एनसिए यु–१९ टोलीसँग खेल्दैछ ।

भारतीय क्रिकेट बोर्ड (बिसिआई)को निमन्त्रणामा नेपाली टोली भारत गएको हो । खेल भारतको लखनउमा हुनेछ । मोहमद आशिफ शेखको कप्तानीमा रहेको नेपाली टोलीले दोस्रो खेल आगामी शुक्रबार भारतको यु–१९ टोलीसँग खेल्ने छ भने ३१ गते अफगानिस्तान यु–१९ टोलीसँग प्रतिस्पर्धा गर्नेछ । चार टोली सहभागी हुने खेलमा सबैले एकार्का विरुद्ध खेल्नेछन् ।

विनोद दासको प्रशिक्षणमा रहेको टोलीमा कप्तान शेख, ट्रिटराज दास, रवि शाह, लोकेश बम, रीत गौतम, रसिद खान, भीम सार्की, कमलसिंह ऐरी, सन्दीप जोरा, पवन सर्राफ, किशोर महतो, सागर ढकाल, अरुण ऐरी र मोहमद सम्सद आलम टोलीमा छन् । नेपाली टोली सोमबार त्यसतर्फ गएको हो ।

The post भारतमा नेपाली यु–१९ ले पहिलो खेल खेल्दै appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles