काठमाडौं, १६ मंसिर । ब्राजिलको फुटबल क्लब चापेकोएन्सेका खेलाडी चढेको विमान इन्धन अभावका कारण दुर्घटना भएको सार्वजनिक भएको छ । लिक भएको अडियो रेकर्डिङका अनुसार विमानमा इन्धन सकिएकाले दुर्घटना भएको हो । अडियोमा पाइलटले बारम्बार इलेक्ट्रिक फेलियर र इन्धन सकिएकाले विमान अवतरणका लागि स्वीकृति मागेको सुनिएको वीवीसीले लेखेको छ ।
एयर ट्राफिक टावरबाट प्राप्त टेपमा पाइलटले विमान दुर्घटना हुनु अघिसम्म पनि इन्धन सकिएको भन्दै अवतरणका लागि अनुमति मागेको सुनिएको छ । दुर्घटना हुनु पूर्व विमान ९ हजार फिटको उचाइमा रहेको पनि सोही टेपबाट खुलेको छ । ६८ यात्रु र चालक दलका ९ सदस्य गरी ७७ जना रहेको जहाज कोलम्बियाको मेडेल्लिन शहर नजिक मंगलबार दुर्घटना भएको हो । दुर्घटनामा ६ जना भने बाँच्न सफल भएका छन् ।
The post यसकारण भएको रहेछ ब्राजिलका खेलाडी चढेको विमान दुर्घटना appeared first on Sajha Post.