काठमाडौँ, ३१ भदौ । गएराति भएको प्रिमियर लिगमा चेल्सीले कार्डिफ सिटीलाई ४-१ ले गोलले पराजित गरेको छ ।
चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा इडेन हाजार्डले ह्याट्रिक गरेका थिए । यस्तै एक गोल विलियनको नाममा रह्यो । कार्डिफका सोल बाम्बाले एक गोल गरे ।
खेलको १६ औं मिनेटमा बाम्बाले गोल गर्दै कार्डिफलाई सुरुवाती अग्रता दिलाएका थिए । एक गोलले पछि परेको चेल्सी केही मिनेट दबाबमा देखिएको थियो । तर, चेल्सीका लागि नायक बने इडिन हजार्ड ।
उनले ३७ औं मिनेटमा बराबरी गोल फर्काए । खेलको ४४ औं मिनेटमा हाजार्डले व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीलाई २-१ को अग्रता दिलाए ।
खेलको ८० औं मिनेटमा पाएको पेनाल्टीमा गोल गर्दै हाजार्डले ह्याट्रिक पुरा गर्दै टोलीलाई ३-१ को अग्रता दिलाए ।
चेल्सीका स्टार खेलाडी विलियनले चौथो गोल गरे । यो जितसँगै चेल्सी प्रिमियर लिगको शिर्षस्थानमा उक्लिएको छ । गोलभिन्नताका आधारमा चेल्सी शिर्षस्थानमा उक्लिएको हो । समान १५ अंक रहेको लिभरपुल दोस्रो स्थानमा रहेको छ ।
The post इडिन हजार्डको ह्याट्रिक, चेल्सीको सानदार जित appeared first on Sajha Post.