Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

प्रिमियर लिगमा वेस्टह्यामको पहिलो जित

$
0
0

काठमाडौँ, १ असोज । गएराति भएको प्रिमियर लिगमा वेस्टह्याम युनाइटेडले इभर्टनलाई ३-१ गोलले पराजित गरेको छ ।

लगातार चार खेलमा हार व्यहोरेको वेस्टह्यामलाई यो जितले राहत दिएको छ ।

प्रशिक्षक म्यानुअल पेलिग्रिनी आएपछि वेस्टह्याम पहिलो जितको खोजीमा रहेको थियो । वेस्टह्यामका लागि दुई गोल एन्द्री एम्रोलेन्कोले दुई गोल गरे । उनले खेलको ११ औ र ३१ औ मिनेटमा गोल गरेका थिए ।

खेलको ४५ औ मिनेटमा गिल्फ सिगुडसनले एक गोल फर्काए । वेस्टह्यामका लागि खेलको ६१ औ मिनेटमा मार्को एरियोनोउटिकले गोल गरे ।

यस सिजन राम्रो सुरुवात गरेको इभर्टनले पछिल्लो समय खासै गतिलो खेल प्रदर्शन गर्न सकेको छैन ।

The post प्रिमियर लिगमा वेस्टह्यामको पहिलो जित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Latest Images

Trending Articles



Latest Images