काठमाडौँ, १ असोज । गएराति भएको इटालियन सिरी ‘ए’ मा एसी मिलानलाई काग्लियारीले एकएक गोलको बराबरीमा रोक्न सफल भएको छ ।
घरेलु मैदानमा भएको खेलमा काग्लियारीले अग्रता बनाएको थियो । उसका लागि खेलको चौथो चौथो मिनेटमै जोया पेड्रोले गोल गर्दै काग्लियारीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा मिलानका हिगुईनले बराबरी गोल फर्काए । उनले खेलको ५५ औं मिनेटमा गोल गरे । यस सिजन युभेन्ट्सबाट एसी मिलान आएका उनले पहिलो गोल गरे ।
यो बराबरीपछि एसी मिलानले ३ खेलबाट ४ अंकमात्र जोड्न सफल भएको छ ।
The post एसी मिलान बराबरीमै सिमित appeared first on Sajha Post.