काठमाडौँ, २ असोज । गएराति भएको इंलिस प्रिमियर लिगमा साउथह्यामटनलाई ब्रिंटन एण्ड होभ एल्भियनले दुई दुई गोलको बराबरीमा रोकेको छ ।
दुई गोलको अग्रता बनाएको साउथह्याम्टनविरुद्ध ब्रिंटनले सानदार कमव्याक गरेको थियो ।
साउथह्यामटनका लागि पेरी होजबर्ग र ड्यानी इंग्सले गोल गरेका थिए ।
तर, दुई गोलले पछि परेको ब्रिंटनले सम्हालिएको खेल प्रदर्शन गर्दै साउथह्याम्टनलाई निराश बनायो । उसका लागि सेन डफी र ग्लेन मुरीले एकएक गोल गरेका थिए ।
पाँच खेल खेलेका यी दुवै टोलीको समान पाँच अंक रहेको छ ।
The post साउथह्याम्टनले दुई गोलको अग्रता जोगाउन नसक्दा… appeared first on Sajha Post.