काठमाडौँ, ३ असोज । गएराति भएकाे च्याम्पियन्स लिगमा बार्सिलोनाले पिएसभीविरुद्ध सानदार जित निकाल्न सफल भएको छ ।
लियोनल मेसीको ह्याट्रिक तथा ओस्माने डेम्बेलेको एक गोलको मदतमा बार्सिलोनाले च्याम्पियन्स लिग अन्तर्गतको खेलमा डच क्लब पीएसभी आइनहोभेनलाई ४–० गोलले पराजित गरेको हो ।
बार्सिलोनाको लागि पहिलो गोल लियोनल मेसीले गरेका थिए । मेसीले खेलको ३२ औं मिनेटमा फ्रिकिकमार्फत गोल गरेका हुन् ।
पहिलो हाफमा १–० गोलले अघि रहेको बार्सिलोनाले दोस्रो हाफमा ३ गोल गर्यो । बार्सिलोनाको लागि ७५ औं मिनेटमा कोउटिन्होको पासमा ओस्माने डेम्बेलेले गोल गरे ।
त्यस्तै ७७ औं मिनेटमा इभान राकेटिचको पासमा मेसीले तथा ८८ औं मिनेटमा लुईस स्वारेजको पासमा मेसीले नै गोल गरेका हुन् ।
बार्सिलोना खेलको ७९ औं मिनेटदेखि १० खेलाडीमा सीमित रहेको थियो । स्यामुअल उम्टीटी दोहोरो पँहेलो कार्डको शिकार हुँदा उनले मैदान छोड्नुपरेको थियो ।
The post बार्सिलोनाको सानदार जित, मेस्सीले गरे ह्याट्रिक appeared first on Sajha Post.