काठमाडौँ, ४ असोज । गएराति भएको च्याम्पियन्स लिगको समुह चरणको खेलमा इटालियन क्लब युभेन्ट्सले स्पेनिस क्लब भ्यालेनसियालाई २-० गोलले पराजित गरेको छ ।
तर, च्याम्पियन्स लिगमा युभेन्ट्सबाट पहिलो खेल खेलेको क्रिस्टियानो रोनाल्डोको यात्रा भने सुखद रहेन ।
खेलको २९ औ मिनेटमा उनी रातो कार्ड खाँदै मैदान छाड्नुपर्यो । भ्यालेनसियाका खेलाडीलाई कुइयाएपछि उनलाई रेफ्रीले रातो कार्ड देखाएका थिए ।
रातोकार्ड पाएपछि उनी मैदानमा एकैछिन लडीबुडी नै खेलेका थिए । १० जनामा सिमित युभेन्ट्सले त्यसपछि सानदार खेल प्रदर्शन गरेको थियो । उसका लागि खेलको ४५ औ र ५१ औ मिनेटमा मिरालेम जानिकले पेनाल्टीमार्फत दुई गोल गरे ।
भ्यालेनसियाले खेलको ९० औ मिनेटमा पाएको पेनाल्टी भने सदुपयोग गर्न सकेन । यो जितसँगै युभेन्ट्सले महत्वपुर्ण तीन अंक जोडेको छ ।
The post खेलको २९ औ मिनेटमा रोनाल्डोलाई रेफ्रीले रातो कार्ड देखाएपछि appeared first on Sajha Post.