Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

भारतलाई जिताएपछि यसरी रिसाए विराट, आफ्नो प्रसंसा गर्नहरुमाथि किन खनिए ?

$
0
0

काठमाडौं, १५ चैत । ट्वान्टी-ट्वान्टी विश्वकप अन्तर्गत आइतबार मोहालीमा खेलिएको निर्णायक खेलमा सानदार पारी खेल्दै भारतलाई जित दिलएपछि विराट कोहलीको सर्बत्र प्रसंसा भइरहेको छ ।

सामाजिक सञ्चालमा उनको प्रसंसाको पुल बाँध्नेहरुले हालै ब्रेकअप भएको भनिएकी उनकी प्रेमिका तथा बलिउड नायिका अनुष्का शर्माको भने आलोचना गरिरहेका छन् ।

अनुष्कासँगको ब्रेकअपपछि नै विराट आफ्नो लयमा फर्किएको चर्चा चलिरहेको छ । यसबीचमा आफ्नो प्रसंसाको पुल बाँध्नेहरुले अनुष्काको आलोचना गर्दा विराट रिसाएका छन् । उनले आफ्नो ट्वीटरमार्फत अनुष्काको बचाउ गरेका हुन् ।

Virat Status
विराटले लगातार अनुष्कामाथि ट्रोल गर्नेहरुले लाज मान्नु पर्ने लेखेका छन् । साथै उनले अनुष्काले आफूलाई सधैँ सकारात्मक उर्जामात्रै प्रदान गर्ने गरेको पनि भनेका छन् । यससँगै उनले ‘SHAME’ लेखिएको तस्बिर शेयर गरेका छन् ।

एक समय हारतर्फ अग्रसर भएको भारत विराटकै ८२ रनको अविजित पारीको मद्दतमा अष्ट्रेलियालाई पराजित गर्न सफल भएको थियो ।

विराटको यस्तो स्ट्याटसले अनुष्कासँग उनको सम्बन्ध सुध्रिएको अनुमान गरिएको छ । सामाजिक सञ्जालमा निरन्तर अनुष्कासँग जोडेर ट्रोल भइरहेको छ ।

Birat Kohali

 

The post भारतलाई जिताएपछि यसरी रिसाए विराट, आफ्नो प्रसंसा गर्नहरुमाथि किन खनिए ? appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles