Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

खेलकूदले देशलाई चिनाएको छ : मन्त्री विश्वकर्मा

$
0
0


कास्की, ४ असोज । सङ्घीय सरकारका युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले खेलकूद क्षेत्रले देशलाई चिनाएको बताएका छन् ।

पोखरा महानगरपालिका–२५ मेलबोटदेखि खानेपानी मुहान लुम्रे सिदिङसम्मको कालोपत्रे सडक शिलान्यास कार्यक्रममा आज मन्त्री विश्वकर्माले रसियामा सम्पन्न विश्वकप फुटबलमा उपविजेता भएपछि मात्र क्रोएसिया विश्वमा परिचित भएको उदाहरण दिँदै देशलाई चिनाउने सामर्थ खेलक्षेत्रमा रहेको विचार राखेका हुन् ।

मन्त्री विश्वकर्माले सुखी नेपाली समृद्ध नेपालको नारा साकार पार्न सरकारले गाउँमा बस्ने जनतालाई विकासको अभियान लिएर आएको बताए ।
रु २६ करोड एक लाख लागतमा १५ दशमलव ९ किमी सो सडक १६ महीनाभित्रमा कालोपत्रे गरी सक्ने योजना रहेको जिल्ला प्राविधिक कार्यालय कास्कीका इञ्जिनीयर आनन्द पौडेलले जानकारी दिए ।

उनका अनुसार नालासहित सडक ६ दशमलव ५ मिटर फराकिलो हुनेछ । सो सडकले माछापुच्छ«े गाउँपालिकालाई प्रदेश राजधानी पोखरासँग जोड्ने काम गरेको छ । रासस

The post खेलकूदले देशलाई चिनाएको छ : मन्त्री विश्वकर्मा appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles