Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

युवा क्रिकेटर सन्दीप लामिछाने सशस्त्र प्रहरीको एपिएफमा अनुबन्धित

$
0
0

काठमाडौं, २३ मंसिर । राष्ट्रिय क्रिकेट टोलीका युवा क्रिकेटर तथा १९ वर्षमुनि (यु–१९) उमेर समूहका कप्तान सन्दीप लामिछाने सशस्त्र प्रहरी बल (एपिएफ) क्लबमा आबद्ध भएका छन् ।

सोह्र वर्षीय लामिछानेलाई क्लबमा एक वर्षका लागि करारमा नियुक्त गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक अजय छत्कुलीले बताए । क्रिकेटर लामिछाने यही मंसिर २८ गतेदेखि श्रीलङ्कामा आयोजना हुने यु–१९ यसिया कपको तयारीमा समेत छन् ।

अस्ट्रेलियाका पूर्वकप्तान माइकल क्लार्कको एकेडेमीमा करिब दुई महिना क्रिकेट खेलेर केही समय अघि मात्र लामिछाने नेपाल फर्किएका हुन् । छत्कुलीले सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि टोली निर्माण भइरहेको जानकारी दिए ।

The post युवा क्रिकेटर सन्दीप लामिछाने सशस्त्र प्रहरीको एपिएफमा अनुबन्धित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles