Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

अब क्रिकेटमा पनि रेड कार्ड, ब्याटको साइज समेत परिवर्तन हुने !

$
0
0

एजेन्सी । फुटबलमा खेलाडीहरुले कुनै ठूलो गल्ती गरेमा रेड कार्ड दिने प्रचलन छ । रेड कार्डपछि उक्त खेलाडी सिधै मैदानबाट बाहिर जानुपर्ने नियम छ । यस्ता घटना फुटबलमा देखिरहिन्छ । तर क्रिकेट भने त्यस्तो प्रकारको कुनै नियम छैन ।

क्रिकेटमा पनि अब खेलाडीलाई रेड कार्ड दिएर मैदानबाट बाहिर पठाउन सकिने भएको छ । साथै ब्याटको आकारमा पनि परिवर्तन गर्न पनि सकिन्छ । यो दुई परिवर्तन अागामी सालदेखि क्रिकेटमा देख्न पाइन्छ । मेरिलबोन क्रिकेट क्लब (एमएमसी) ले खेलाडीहरुमाथि खराब व्यवहार भएमा मैदानबाट बाहिर पठाउने अधिकार अम्पायरलाई हुनुपर्ने सुझाव दिएका छन् ।

एमएमसी क्रिकेटको नियमहरु संरक्षण गर्ने संस्था हो । यदि एमसीसीको मुख्य समितिले यस परिवर्तनलाई मञ्जुरी दिएमा सन् २०१७ को अक्टोबरदेखि लागू हुनेछ । यदि नयाँ नियम लागू भएमा अम्पायर तथा खेलाडीलाई कुनैपनि शारीरिक हानी पुर्‍याएमा तथा कुनै खराब हर्कत देखाएमा उसलाई अम्पाएरले मैदानबाट बाहिर पठाउन सक्नेछ ।

अक्टोबर २०१७ को शुरुवातबाट लागू हुन सक्नेछ

एमसीसीले दिएको एक विज्ञप्ती जारी गरेर भनेको छ, ‘विश्व क्रिकेट समितिले मान्नुपर्छ कि म्याचका क्रममा हुने अप्रिय घटनाको दण्डस्वरुप नयाँ नियम अाउनु अावश्यक छ । यदि  यो नियम लागू भएमा एक अक्टोबर २०१७ बाट खेलाडीलाई मैदान बाहिर पठाउन सकिने छ ।’

ब्याटको अाकारमा पनि परिवर्तन हुनेछ

एमसीसीको समितिले ब्याटको अाकारको सीमा पनि निर्धारण गर्नका लागि सिफारिस गरेको छ । समितिका अनुसार खेल मुख्यतया: ब्याटस्म्यानको पक्षमा गएको छ । यसका लागि अब ब्याटको लम्बाई तथा चौडाईमा पनि सीमा तय गरिनेछ ।

 

 

The post अब क्रिकेटमा पनि रेड कार्ड, ब्याटको साइज समेत परिवर्तन हुने ! appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles