Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

ब्राजिलियन फुटबल क्लब दक्षिण अमेरिकी च्याम्पियन घोषणा

$
0
0

brazil-team

काठमाडाैं, २१ म‌ंसिर । विमान दुर्घटनामा परी खेलाडी गुमाएको ब्राजिलियन फुटबल क्लब चापेकोन्सेलाई यस वर्षको दक्षिण अमेरिकी च्याम्पियन घोषणा गरिएको छ । दक्षिण अमेरीकी फुटबल महासंघले सोमबार यस्तो निर्णय गरेको हो ।

कोलम्बियाको फुटबल क्लव एथ्लेटिको नासियोनलविरुद्ध फाईनल खेल खेल्न कोलम्बिया जाँदै गर्दा गत हप्ता उक्त विमान दुर्घटनामा परेको थियो ।

दुर्घटनामा ७१ जनाको मृत्यु भएको थियो, जसमा १९ जना खेलाडी र क्लव पदाधिकारी थिए । कोलम्बियाको मेडेलिन शहरमा भएको दुर्घटनामा परेका ३ खेलाडीसहित ६ जनाको भने जीवितै उद्धार गरिएको थियो ।

The post ब्राजिलियन फुटबल क्लब दक्षिण अमेरिकी च्याम्पियन घोषणा appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles