Clik here to view.

काठमाडौं, १७ मंसिर । एसिया कप टी-ट्वान्टी महिला क्रिकेट प्रतियोगितामा नेपालको फितलो प्रदर्शन जारी छ । यसक्रममा आफ्नो पाचौँ खेलमा नेपालले बलियो टोली भारतविरुद्ध लज्जास्पद् हार ब्यहोर्यो ।
थाइल्याण्डको बैंककमा भारतले दिएको १ सय २१ रनको चुनौती पछ्याउने क्रममा नेपाल १६ ओभर ३ बलमा २१ जोड्दा अलआउट भयो । यो नेपाली महिला क्रिकेट टोलीले बनाएको अहिलेसम्मकै कम स्कोर हो ।
भारतसँगको खेलमा नेपालका कुनै पनि ब्याट्सवुवमनले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालका लागि सरिता मगरले सर्वाधिक ६ रन जोडिन् । चार खेलाडी डकआउट भए ।
The post भारतसँग नेपाली महिला टोलीको लज्जास्पद हार, २१ रनमै समेटियो appeared first on Sajha Post.