Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

भर्डीको ह्याट्रिकसँगै लिसेस्टरसँग हार्‍यो म्यानचेस्टर सिटी

$
0
0

काठमाडौं, २६ मंसिर । जेमी भर्डीको ह्याट्रिकको मद्दतमा साबिक विजेता लिसेस्टर सिटीले म्यानचेस्टर सिटीमाथि शानदार जित हासिल गरेको छ ।

लिसेस्टरले शीर्ष स्थानको होडमा रहेको म्यानचेस्टर सिटीलाई ४–२ ले हराएको हो । किङ पावर स्टेडियममा भएको खेलमा लिसेस्टरलाई जिताउने भर्डीले ३, २० र ७८ औं मिनेटमा गरी ह्याट्रिक पूरा गरे । एण्डी किङको अर्को एक गोल पनि लिसेस्टरको खातामा थपियो ।

टिम म्यानचेस्टर सिटीका लागि एलेकसान्डर कोलारोव र नोलिटोले एक एक गोल गरे पनि पराजयलाई रोक्न सकेनन् । पहिलो हाफमै ३–० को अग्रता लिएको लिसेस्टर सिटीले ७८ औं मिनेटमा भर्डीले ह्याट्रिक पूरा गरेपछि ४–० को अग्रता लियो ।

म्यानचेस्टर सिटीका लागि कोलारोवले ८२ तथा नोलिटोले ९० औं मिनेटमा गोल फर्काएपछि त्यो हार जोगाउन पर्याप्त भएन । यो जितसँगै लिसेस्टरले पाँच खेलदेखिको लगातार हारमा बिराम लगाएको छ भने १५ खेलबाट १६ अंकसहित १४ औं स्थानमा छ ।

यस्तै शीर्थ स्थानमा रहेको आर्सनलभन्दा चार अंकले पछि पर्दै म्यानचेस्टर ३० अंकसहित चौथो स्थानमा झरेको छ । शनिबार राति नै भएको अन्य खेलहरुमा वाट्फोर्डले एभर्टनलाई ३–२, बर्नलीले बोर्नमाउथलाई ३–२ तथा स्वान्सी सिटीले सन्डरल्याण्डलाई ३–० ले हरायो भने हल सिटी र क्रिष्टिल प्यालेसले ३–३ को बराबरी खेले ।

The post भर्डीको ह्याट्रिकसँगै लिसेस्टरसँग हार्‍यो म्यानचेस्टर सिटी appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Latest Images

Trending Articles



Latest Images