Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

रोनाल्डोविरुद्ध बलात्कारको आरोप, यस्तो छ युवतीको दावी

$
0
0


म्युनिख, १३ असोज । यसैवर्ष रियल मड्रिड छाडेर युभेन्ट्समा आवद्ध भएका पोर्चुगेली सुपरस्टार क्रिस्टियानो रोनाल्डोलाई गम्भीर आरोप लागेको छ । रोनाल्डोले आफूलाई बलात्कार गरेको भन्दै एक ३४ वर्षे महिलाले आरोप लगाएकी छिन् ।

कुरा अहिलेको होइन, घटना हो २००९ को । जर्मन सञ्चार संस्था डेर स्पिगेलसँग कुरा गर्दै क्याथरिन म्योग्रा नाम गरेकी ती युवतीले रोनाल्डोले आफूलाई बलात्कार गरेको आरोप लगाएकी हुन् । उनीमाथि बल प्रयोगका साथ करणी गरेको आरोप लागेको छ । म्योग्राका अनुसार सन् २००९ मा रोनाल्डोले लास भेगासको एक होटलमा आफुलाई बलात्कार गरेको बताइन् ।

ती युवतीले रकमको प्रलोभन देखाएर बलात्कारको मुद्दा नहाल्न रोनाल्डोले बिन्ती गरेको पनि बताइन् । रोनाल्डोले ३ लाख ७५ हजार अमेरिकी डलर दिँदै घुँडा टेकेर मुद्दा नहाल्न अनुरोध गरेपछि आफूले सम्झौता गरेको म्योग्राले स्पष्ट पारिन् ।

रोनाल्डोले आफु ९९ प्रतिशत राम्रो मान्छे रहेको पनि १ प्रतिशतले जितेको बताउँदै माफी मागेको उनले स्मरण गरिन् । उनले भनिन्, ‘मलाई ३ लाख ७५ हजार अमेरिकी डलर अफर गर्दै मुद्दा नहाल्न विन्ती गरेका थिए ।’

यद्यपि, यो घटनाबारे यसअघि नै एकपटक चर्चा भए पनि रोनाल्डोले आफ्नो बचाउ गरेका थिए । आपसी सहमतिमै सम्बन्ध भएको उनको तर्क थियो । पछिल्लो आरोपबारे भने रोनाल्डोका वकिल सेच्रज बग्रमानले यो आरोप अवैध भएको भन्दै उक्त सञ्चारमाध्यमविरुद्ध मानहानीको मुद्दा दायर गर्ने बताएका छन् ।

The post रोनाल्डोविरुद्ध बलात्कारको आरोप, यस्तो छ युवतीको दावी appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles