Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

हार्नबाट जोगियो बार्सिलोना

$
0
0

काठमाडौँ, १४ असोज । गएराति भएको स्पेनिस ला लिगामा बार्सिलोना हार्नबाट जोगिएको छ । बार्सिलोनाले एट्लेटिको बिल्बाओसँग एकएक गोलको बराबरी खेल खेलेको छ ।

बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा अग्रता भने एथ्लेटिको बिलबाओले लिएको थियो ।

तर, बार्सिलोनाले एक गोलले पछि परेको स्थिति उल्टाएर बराबरीमा ल्याउन सफल भएको थियो।

खेलको ४१ औं मिनेटमा ओस्कार डी मार्कुसले गोल गर्दै बिल्बाओलाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा बार्सिलोनाका लागि खेलको ८९ औ मिनेटमा मुनिर इल हदादीले बराबरी गोल फर्काउन सफल भए ।

यो बराबरीसँगै बार्सिलोनाले ७ खेलबाट १४ अंक जोडेको छ । बिल्बाओ ६ खेलबाट ७ अंक जोडेर १४ औं स्थानमा छ ।

The post हार्नबाट जोगियो बार्सिलोना appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles