काठमाडौँ, १४ असोज । लिग वान च्याम्पियनमा पिएसजीले नाईसलाई पराजित गरेको छ । उसले नाईसलाई ३–० गोलले पराजित गरेको हाे ।
पिएसजीका लागि २२ औ मिनेटमा नेयमारले गोल गर्दै अग्रता दिलाएका थिए । । ४६ औ मिनेटमा क्रिस्टिोफर कुनकुले अग्रतालाई दोब्बर पारे । नेयमारले पीएसजीका लागि खेलको अन्त्यतिर गोल गर्दै जित निश्चित गरे ।
यो जितसँगै पीएसजीको ८ खेलबाट २४ अंक भएको छ ।
The post नेयमारको उत्कृष्ट खेल प्रदर्शन, पिएसजीको सहज जित appeared first on Sajha Post.